मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता — OSNepal

मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता

LC (KTM) July 31, 2023 0

काठमाडौँ-अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल एक अर्ब २० करोड ४६ लाख २४ हजार आठ सय १२ कारोबार भएको उल्लेख थियो । त्यही पीडितहरुमाथि साहुले भने दुई अर्ब २२ करोड २५ लाख ९२ हजार एक सय ९९ माग दाबी गरेको भेटिएको छ ।

त्यसमध्ये अहिलेसम्म रु ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताउनुभयो । मिलापत्र गरेर कूल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर