बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा ब्यवसायी राज कुन्द्रालाई गएराती मुम्बई पुलिसको क्राईम ब्रान्चले गिरफ्तार गरेको छ । उनको गिरफ्तारीलाई लिएर धेरै ब्यक्ति चिन्तित भएका छन् । बलिउडको महशुर अभिनेत्री शिल्पाको पति ब्यवसायको आडमा कालो धन्दामा संलग्न भएको थाहा पाए पछि सारा चकित परेका छन् ।
यस भन्दा पहिला राज कुन्द्राले बिभिन्न प्रकारको ब्यापार तथा ब्यवसाय गर्ने गरेका थिए । उनी सुरुवातमा पश्मीना सल बेच्ने काम गर्थे । यसपछि उनले धेरै प्रकारका बिजनेसमा हात हालेका थिए । आज हामी तपाईलाई यो जानकारी दिदैछौ कि राज कुन्द्रा कसरी यति ठुलो बिजनेसम्यान बने । राज कुन्द्राको जन्म लण्डनमा भएको थियो । उनी त्यहि पढे बढेका थिए । उनको बुवा लुधियानाका थिए । पछि उनी लण्डन सिफ्ट भएका थिए ।
पश्मीना शल बेच्ने काम बाट सुरु भयो राजको ब्यवसाय
लण्डनमा उनका पिता बस कण्डक्टर थिए । उनको आमा एक पसलमा काम गर्थिन् । त्यसपछि उनको बुवाले एउटा सानो ब्यवसाय सुरु गरे । राज कुन्द्रा जब १८ बर्षको भए उनी लण्डनबाट दुबई गए र उनी सिधै नेपाल आए । नेपालमा उनले पश्मीना सलको ब्यवसाय सुरु गरे । उनले नेपाल तथा जम्मु–कश्मीरको पश्मीना सल बेलायतको ठुलो फेशन हाउसमा बेच्न सुरु गरेका थिए ।
दुबईमा कम्पनी तथा फिल्ममा फाईनान्स
राज कुन्द्राको यो ब्यवसाय राम्रो संग चल्यो । त्यसपछि उनी दुबई गए र एजेन्शियल जनरल ट्रैण्डिङ्ग कम्पनी स्थापीत गरे । यो कम्पनि मेटल, कन्स्ट्रक्शन, माइनिंग तथा ग्री रीन्युबल प्रोजेक्टको डिल गर्न लाग्यो । यसपछि उनले फाईनान्स तथा बलिउड फिल्मको प्रोडक्शनमा हात हाले
शिल्पा फाउण्डेशनको सुरुवात
पहिलो पत्नी कबिता कुन्द्रासंग डिर्भाेस पछि २००९ मा राज कुन्द्राले शिल्पा शेट्टी संग बिबाह गरे त्यसपछि उनले शिल्पा शेट्टी फाउण्डेशन नामको चैरिटेबल ट्रस्टको शुरुवात गरे । २०१३ मा राज एजेन्सियल स्पोट तथा मीडिया संग जोडिए ।
लाईभ स्ट्रीमिंग एप तथा होम शपिङ च्यानलको मालिक
२०१५ मा राज कुन्द्रा बेस्ट डील टीभीको प्रमोटर बने । यो होम शपिङ च्यानल थियो । यसमा उनको को–प्रोमोटर अक्षय कुमार हुन् । यसपछि उनले भारत सरकारको स्टार्टअप इण्डिया अन्र्तगत पहिलो लाइभ स्ट्रीमिंग मीडिया एप जल्दी लाइभ स्ट्रीम एप शुरु गरे ।
यसरी पश्मीना सल बाट सुरु गरेको ब्यवसायका कारण उनी एक सफल ब्यवसायी बनेका थिए । राज कुन्द्राले यस्तै एप मार्फत पोर्न भिडीयोको स्ट्रीम गर्ने गरेका थिए ।