पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना गरिने — OSNepal

पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना गरिने

LC (KTM) July 30, 2023 0

पोखरा- प्याराग्लाइडिङ दुर्घटनामा निधन हुनुभएका खेलाडी निसिम थापाको सालिक स्थापना गरिने भएको छ ।-नवौँ राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ प्रतिस्पर्धाकै क्रममा दुर्घटनामा थापाको निधन भएपछि सम्मानस्वरुप उहाँको पोखरा रङ्गशालाभित्र अर्थकदको सालिक राख्न लागिएको हो । सालिक राख्ने कार्यको आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

थापाको सालिक रङ्गशालाको परिसरभित्र रहेको ओलम्पिक टर्चको नजिकैको स्थानमा बनाउन लागिएको हो । वरिपरि पार्कसमेत निर्माण गरिने निसिम फाउन्डेसनले जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गत असोज ३० गते प्याराग्लाइडिङ दुर्घटनामा नेपाली सेनाका खेलाडी निसिमको ज्यान भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले खेलका दौरान ज्यान गुमाउने खेलाडी थापाको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय सोही बेला नै गरेको थियो ।

शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले नवाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा निसिमलाई गुमाउनु पर्दा निकै दुःख लागेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “स्व निसिमको सम्मानका लागि राष्ट्रिय खेलकुद परिषद्को विशेष पहलमा सालिक राख्न लागिएको हो । खेलको माध्यमबाट योगदान पुर्याउने व्यक्तिको सालिक रङ्गशालामा निर्माण गरिँदा पछिल्लो पुस्तालाई सकारात्मक सन्देश जान्छ ।”

फाउन्डेसनको लागि विभिन्न सङ्घसंस्था, व्यक्तिले समेत आर्थिक सहयोग प्रदान गरिरहेका छन् । नेपाली सेनाले रु १० लाख सहयोग गरेको स्व निसिमकी आमा सावित्री थापाले बताउनुभयो । शिलान्यास कार्यक्रममा निसिमका बुवा प्रकाश थापा, हजुरआमा शोभादेवी मोक्तान, परिवारका सदस्य, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मण योगी, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर