ओली सरकारबाट हटेपछि मापदण्डविपरीत प्रचण्डको सुरक्षामा थपियो दर्जन प्रहरी — OSNepal

ओली सरकारबाट हटेपछि मापदण्डविपरीत प्रचण्डको सुरक्षामा थपियो दर्जन प्रहरी

LC (KTM) July 20, 2021 0

काठमाडौं । सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका लागि सुरक्षाकर्मी थपेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगतै गृह मन्त्रालयले पटके निर्णय गरी डीएसपीको कमान्डमा ल दाहालका लागि सुरक्षाकर्मी थपेको हो ।

अघिल्लो उनको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ र शसस्त्रबाट इन्स्पेक्टरसहित ४७ जना सुरक्षाकर्मी खटिँदै आएकामा १८ जनामा सीमित गरिएको थियो भने ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

पूर्वप्रधानमन्त्रीका लागि सशस्त्र प्रहरीबाट १६ र नेपाल प्रहरीबाट २ जना खटाउने मापदण्ड छ । तर गृहसचिव महेश्वर न्यौपानेले सचिवस्तरीय निर्णय गरी दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा थप प्रहरी खटाउन निर्देशन दिएका हुन् ।उनको सुरक्षामा अब डीउसपीको गाडी अगुवा र शसस्त्रको गाडी पछुवाका रुपमा खटिनेछ । जुन सुरक्षा निवर्तमान प्रधानमन्त्री केप ीशर्मा ओलीको भन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर