नेपालसहित २२ जना सांसदलाई दिएको स्पष्टिकरणको समय आज सकिँदै — OSNepal

नेपालसहित २२ जना सांसदलाई दिएको स्पष्टिकरणको समय आज सकिँदै

LC (KTM) July 20, 2021 0

काठमाडौं ५ साउन । नेकपा एमालेको १० औँ केन्द्रिय कमिटिको बैठक आज पनि बस्ने भएको छ । हिजो वरिष्ठ नेता माधव नेपालसहित २२ जना सांसदलाई दिएको स्पष्टिकरणको समय आज सकिनै लाग्दा यस विषयमा केन्द्रित रहेर बैठक बस्न लागेको हो ।

बैठक आन दिउँसो ३ बजे ललितिपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुरद तामाङले जनाएका छन् । हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका नेपाल सहित २२ सांसदहरुलाई स्पष्टिकरण सोधिएको थियो । आज यस विषयमा निणर्य हुने बताइएको छ ।

पार्टीको ह्वीप उलङ्घन गर्दै २२ सांसदहरुले देउवालाई मत दिएका थिए । ह्वीप उलङ्घन गर्ने सांसदहरुले स्पष्टिकरण नबुँझाए आज कस्तो निणर्य हुने हो यो चासोको विषयमा बनेको छ । हिजोको बैठकमा नै अध्यक्ष केपी शर्मा ओलीले नेपाल बाहेक अरुलाई पार्टीमा आए स्वागत गरिने बताइसकेका छन् । नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको आरोप लगाएका ओली के अब नेपालसँग हातेमालो गरेर एमाले पार्टीमा रहलान् त ? यो अवस्थामा आज नेपालको जवाफ के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर