यसकारण लामो समयदेखि नउठेको रहेछ काठमाडौँको फोहोर — OSNepal

यसकारण लामो समयदेखि नउठेको रहेछ काठमाडौँको फोहोर

LC (KTM) July 20, 2021 0

काठमाडौं। काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा समस्या आएको छ । करिब १० दिनदेखि फोहोर नउठेपछि काठमाडौँका सडक र गल्लीहरुमा फोहोरका थुप्रा देखिन थालेका छन् ।

काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा समस्इा आएको बताइएको छ । यो समस्या पछिल्लो दुई महिनायता दर्जनौंपटक दोहोरीँदै आएको हो । सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि अब भने बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी थालिएको छ ।

यद्यपी दशैंसम्म बन्चरेडाँडा ल्यान्डफिल साइट बन्न सक्ने अवस्था नभएको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । फोहोर व्यवस्थापनमा समस्या आएपछि राजधानीलगायत सिसडोलको फोहोर व्यवस्थापन हुने १८ वटै स्थानीय तहको विभिन्न क्षेत्रमा फोहोरको थुप्रो बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर