काठमाडौँ– भारतमापछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ४२४ जनामा संक्रमण भएको हो ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७३ हजार १९ पुगेको छ । यस्तै त्यहाँ एकै दिन ३७२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ५१३ पुगेको छ । त्यस्तै भारतमा अब संक्रिय संक्रमितको संख्या ४ लाख १२ हजार ३७५ रहेको छ ।