२४ घण्टामा प्रदेश १ मा ३६६ कोरोना सङ्क्रमित थपिए — OSNepal

२४ घण्टामा प्रदेश १ मा ३६६ कोरोना सङ्क्रमित थपिए

LC (KTM) July 20, 2021 0

विराटनगर- प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएको सङ्क्रमितमध्ये सुनसरीका १३८, झापाका १२२, मोरङका ८१, धनकुटाका नौ, इलामका छ, उदयपुरका दुई, सङ्खुवासभा, भोजपुर र उदयपुरका एक÷एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।

योसँगै हालसम्म प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार ५५५ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ७१ हजार ४२६ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६६१ रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४८६ जनाको पिसिआर परीक्षण गर्दा १६७ महिला र १९९ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर