जापान पठाईदिन्छु भनि रकम ठगी गर्ने भक्तपुरकी २१ वर्षीया दिपिकासहित चार जना पक्राउ — OSNepal

जापान पठाईदिन्छु भनि रकम ठगी गर्ने भक्तपुरकी २१ वर्षीया दिपिकासहित चार जना पक्राउ

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । जापान पठाईदिन्छु भनि रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उप.म.न.पा.वडा नं.१२ पदमपोखरी घर भई हाल का.जि.नयाँबजार बस्ने ३७ वर्षीय शुभद्रा परियार, ईलाम जिल्ला सुर्योदय न.पा.वडा नं.४ श्रीअन्तु घर भई हाल का.जि.नयाँवानेश्वर बस्ने ३३ वर्षीय पुजा राई , सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं.९ राम्चे घर भई हाल का.जि.कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीय दिपिका केसी रहेकाी छन् ।

सामजिक संजाल फेसवुकमा TANAKAYOKA को नामबाट फेसवुक प्रयोग गर्ने व्यक्तिले Friend Request पठाई आफू जापानको ईमिगेरेसनमा काम गर्ने जापानको नागरिक हो भनि पिडितहरुसँग चिनजान गरी जापान जान working भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारि बिभिन्न बैंक खातामा रु.३९,६८,९९६/ डिपोजिट गर्न लगाई निकाली जापान नपठाई सम्पर्क विहिन भएका थिए ।

ठगी कार्यमा संलग्न निजहरुलाई आज महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निजहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौँ पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर