अदालतको फैसलापछि मिडियामा भक्कानिँदै रोइन् साम्राज्ञी — OSNepal

अदालतको फैसलापछि मिडियामा भक्कानिँदै रोइन् साम्राज्ञी

LC (KTM) July 13, 2023 0

नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह बुधबार साँझ एकाएक रोएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । चलचित्र ड्रिम्सबाट फिल्मी नगरीमा डेव्यू गरेकी सुन्दरी नायिका साम्राज्ञीले ए मेरो हजुर९२ , तिमी सँग ‌‌‌‌‌, कायरा लगायतका फिल्म र केही म्यूजिक भिडियोमा अभिनय गरेर चर्चा बटुलेकी साम्राज्ञी बेला बेलामा विबादमा आउने यी नायिका साँझपख रुनुको खास कारण हो उनले अभिनेता भुवन केसीविरुद्धको मुद्धामा जित हाता पार्नु ।

जिल्ला अदालत काठमाडौंले केसीको मुद्दामा दाबी नपुग्ने फैसला बुधबार सुनाएको हो। केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध गाली बेइज्जतीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा अन्तिम फैसला सुनाउँदै अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो। न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला सुनाएसँगै नायिका साम्राज्ञीले रुँदै मिडियामा आएर आफ्नो कथा व्यथा सुनाउँदै जाँदा उनी भावविह्वल बन्न पुग्छिन् । उनले आँफुले अभिव्यक्ति दिँदै जाँदा आफ्नो जितको खुशी साट्न आएको भन्दा भन्दै उनी एक्कासी भावविह्वल बन्न पग्छिन् ।

उनले आँफुले आफ्नो सुरक्षा आँफै राख्न पनि भिडियोमा सबैलाई आग्रह गरेकी छिन् । उनले आधा अँग्रेजी र आधा नेपालीमा बोल्दै आफ्ना कुराहरु राख्छिन् । उनले अदालतको फैसलापछि भावुक हुँदै साम्राज्ञीले भनिन्९ मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ । उनले अगाडी भन्छिन् अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै गाली बैज्जतीको मुद्दा हालेका थिए तर मैले जितेको छु । साम्राज्ञीले एक भिडिओमार्फत केसीले आफूलाई कति पावरफूल छु भनेर देखाउन खोजेको तर अदालतले त्यसलाई बदर गरिदिएको बताएकी छन् । उनले थप भनेकी छन्, ‘मेरो फिल्मी करियरको यात्रा बडो गज्जबको थियो । तर, यात्राका क्रममा यस्तै भयो ।

तैपनि कसैलाई हर्ट गर्ने मेरो नियत भने थिएन ।’ उनले फिल्म क्षेत्रमा करियर खोजिरहेकाहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘योङस्टरहरूले आफूले काम गर्ने स्थानमा आफ्नो सुरक्षा आफैंले गर्नुपर्छ । र यस्ता घटनादेखि सचेत पनि हुनुपर्छ ।’ केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बैज्जतीको मुद्दा दयर गरेका थिए । त्यसबेला चलचित्र क्षेत्रमा नेपोटिजमको बहस उठेको थियो । केसी र शाह वाक युद्धमा उत्रिएका थिए । केसीले ‘जुन थालमा प्वाल पार्यो त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए भने शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले करिब ५ मिनेट बोलेको भिडियो क्लिप अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर