पर्सा ४ साउन । १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको ठोरी गाउँपालिका ५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियार रहेका छन् । निजलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
परियारले आफ्नै घरमा छोराहरुसँग खेल्न आएको मौका छोपी कोठाभित्र लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । निजमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।