संवादबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह — OSNepal

संवादबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

LC (KTM) July 09, 2023 0

काठमाडौं, २४ असार । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा देखिएको गतिरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

आइतबार पनि राष्ट्रिय सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले सदनको गतिरोध अन्त्य संवाद र छलफलबाट गर्न सत्ता र प्रतिपक्षी दलसँग आग्रह गरेका छन् ।

आइतबारको बैठकमा उनले चार दिनदेखि अवरुद्ध बनेको सदन चालु गराउन सत्तापक्ष र प्रतिपक्षका शीर्ष  नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट निकास निकाल्न आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर