कारमा ग्याँस सिलिण्डर पड्किँदा सात पाकिस्तानीकाे मृत्यु, १४ घाइते — OSNepal

कारमा ग्याँस सिलिण्डर पड्किँदा सात पाकिस्तानीकाे मृत्यु, १४ घाइते

LC (KTM) July 09, 2023 0

लाहाैर, २४ असार । पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार एउटा ठूलो दुर्घटना भएको छ । पञ्जाबको सरगोधा जिल्लाको भलवल तहसीलमा रहेको सरकारी कलेज अफ कमर्स नजिकै एउटा गाडीको ग्यास सिलिन्डर विस्फोट भएको अधिकारीहरूले बताएका छन्। यसबाट सात जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

दुर्घटना बारे उद्धार ११२२ को नियन्त्रण कक्षले जानकारी दिदैँ सात जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अन्य १४ जना घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ । सबैलाई भलवल तहसील मुख्यालय अस्पतालमा भर्ना गरिएको छ। मृतकमध्ये पाँच जनाको सनाखत हुन सकेको छैन ।

स्रोतका अनुसार शनिवार ८ः३५ बजे रेस्क्यू ११२२ लाई सिलिन्डर विस्फोट भएको फोन आएको थियो । नौ एम्बुलेन्स, तीन दमकल र एक उद्धार गाडी सात मिनेटमा घटनास्थलमा पठाइयो। गारा ब्रदर्स ट्रान्सपोर्टको हाइएस गाडीमा पेट्रोलियम ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगलागी भएको बताइएको छ । अस्पताल पुर्‍याइएको घाइतेहरूमा चार र १२ वर्षका दुई बालबालिका र ५० वर्षका दुई वृद्ध पुरुषहरू थिए।

गत महिना देशभर तीनवटा छुट्टाछुट्टै ग्यास सिलिण्डर विष्फोटमा परी तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर