प्रधानमन्त्री देउवालाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए बधाई — OSNepal

प्रधानमन्त्री देउवालाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए बधाई

LC (KTM) July 19, 2021 0

काठमाडौँ, ४ साउन- प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएकामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गर्नुभएको छ ।प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाउनुभएको छ । उहाँले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

याङ्ग्रीका घरपरिवारलाई स्वच्छता सामग्री वितरण-सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ याङ्ग्रीका ९० घरपरिवारलाई स्वच्छता सामग्री वितरण गरको छ । असार १ मा याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावित परिवारलाई आइतबार स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगको सहकार्यमा उक्त समुदायमा विपद्को समयमा स्वास्थ्यसम्बन्धी कुरालाई ध्यानमा राख्न अभिमुखीकरणसहित सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिनुभयो । समुदायमा धेरै खाद्यान्न उपलब्ध भएको तर महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको यो पहिलो सामग्री भएको स्थानीयवासी फूलमती तामाङले बताउनुभयो ।

विपद्को समयमा महिला तथा किशोरीका लागि यो धेरै उपयोगी हुने उहाँको भनाइ छ । स्टार्ट फण्डको सहयोग, केयर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा बाढी पहिरो विपद् प्रतिकार्य कार्यक्रमअन्तर्गत उक्त समुदायलाई स्वच्छतासम्बन्धी मञ्जन, साबुन, मास्क, सेनिटरी प्याड, तौलिया, स्यानिटाइजर, काइँयोलगायत सामग्री उपलब्ध गराइएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर