लमजुङमा झाडापखलाले ६ वर्षीय बालककाे मृत्यु — OSNepal

लमजुङमा झाडापखलाले ६ वर्षीय बालककाे मृत्यु

LC (KTM) July 04, 2023 0

लमजुङ, १९ असार । झाडापखलाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप परियारकाे झाडापखलाबाट मृत्यु भएकाे हाे।

बालकलाई साेमबारदेखि झाडापखला लागेकाे आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चाैकी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएकाे उनले बताइन् ।

बाबु हिजाेदेखि झाडापखलाले बिरामी थियाे । घरमा जीवनजल थिएन, खुवाउन पाइएन´, सीमाले भनिन,बिहान औषधि गर्न ल्याउँदाल्याउँदै काखैमा बित्याे ।´

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर