बेइजिग, १६ असार । एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बच्चा जन्माउनका लागि तलब दिने भएको छ ।
चीनको Trip.com ले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाको लागि ५० हजार युआन अर्थात ६८९७ अमेरिकन डलर दिने घाेषणा गरेकाे हाे ।
जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूला निजी कम्पनीले गरेको यो पहिलो पहल हो । कम्पनीका ४० कराेड प्रयोगकर्ताहरू रहेका छन्। उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।