भारत सरकारद्धारा नेपाललाई एक सय पचास श्यया हस्तान्तरण — OSNepal

भारत सरकारद्धारा नेपाललाई एक सय पचास श्यया हस्तान्तरण

LC (KTM) July 19, 2021 0

काठमाडौँ- भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ उपचारमा आवश्यक पर्ने सघन उपचार कक्षका निम्ति आज १५० श्यया हस्तान्तरण गरेको छ । कनून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित सङ्क्षिप्त समारोहमा उपहारस्वरूप प्रतिकात्मक रूपमा १५० श्यया हस्तान्तरण गरेको छ । ती श्यया सातवटै प्रदेशका प्रमुख अस्पताललाई प्रदान गरिनेछ ।

त्यस अवसरमा मन्त्री कार्कीले भारत सरकारको सहयोगका निम्ति कृतज्ञता ज्ञापन गर्दै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा भारतीय सहयोग महत्वपूर्ण हुने बताउँदै त्यसले दुई देशबीचको सम्बन्ध र सद्भावलाई उजागर गरेको बताउनुभयो । राजदूत क्वात्राले महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधारका क्षेत्रमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर