थाइल्यान्डद्वारा नेपाललाई १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण — OSNepal

थाइल्यान्डद्वारा नेपाललाई १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण

LC (KTM) May 15, 2021 0

काठमाडौँ, १ जेठ- थाइल्यान्डले दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ । थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत उपलब्ध गराएका ती सङ्केन्द्रक नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासाले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको यहाँस्थित थाई दूतावासले आज जनाएको छ ।थाइल्यान्डका जनताबाट प्राप्त उक्त सहयोग नेपाल र थाइल्यान्डबीचको आत्मीय एवम् सद्भावपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।

अस्पताललाई अक्सिजन सिलिण्डर
ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो ।

सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिण्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैँया सिलिण्डर खरिदमा सहयोग गर्नुभएको थियो । यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजार रुपैँया सम्म सहयोग गरेका थिए ।कम्तिमा ५० सिलिण्डर प्रदान गर्ने संघको लक्ष्य अनुसार हाल ३५ थान सिलिण्डर खरिदका लागि पैसा जम्मा गरी खरिद प्रक्रिया अघि बढेकोमा ८ थान आएको हो । बाँकी आउने प्रक्रियामा छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर