काठमाडौं ३ साउन । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले हत्या हुन लागको संविधानको सर्वा च्चले बचाएको बताएका छन् ।
पुर्नस्थापित संसद भवनको पहिलो बैठकमा सम्बोधन गर्दै भट्टराईले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै बुझेर बुझ पचाउँदा संविधानको हत्या हुन लागेको थियो, प्रयास भएकै हो भनेका छन् । भट्टराईले अदालतलाई धन्यावाद दिँदै अति सुन्दर काम गरेको बताएका छन् ।
अहिलेको संविधान अपुरो अधुरो भए पनि सबैभन्दा उच्च स्तरको संविधान भएको बताएका उनले यसको ओली सरकारबाट हत्या हुन लागेकै दावी समेत गरेका छन् । ‘प्रतिनिधिसभा जनताको मुख्य थलो हो, जुन हामीले सबैभन्दा तल बनाएर राख्यौँ,हामीले प्रतिनिधिसभाको शक्ति चिन्न सकेनौँ’ ओलीको सनकले संसदको हत्या भएकै ठोकुवा गरेका भट्टराईले आफुहरुले संविधान ब्युँताउन सफल समेत भएको बताएका छन् । देउवा सरकारलाई विश्वासको मत दिएर संसद र संविधानको रक्षा गर्न आह्रान समेत गरेका छन् ।