सेती नदीमा पानीको बहाब अत्यधिक बढ्दै , आसपासका नागरिकलाई सचेत रहन आग्रह — OSNepal

सेती नदीमा पानीको बहाब अत्यधिक बढ्दै , आसपासका नागरिकलाई सचेत रहन आग्रह

LC (KTM) July 18, 2021 0

डोटी, ३ साउन – केही दिनयतादेखिको लगातारको वर्षाका कारणसेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ । नदीमा पानीको बहब बढ्न थालेकाले खतरा बढ्नसक्ने जनाउँदै आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिका समयमा सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । जिल्ला प्रशासन कार्यालयले सेती नदीमा पानीको बहाब बढेकाले आसपासका नागरिकलाई सचेत रहन आग्रह गरेको यो दोस्रो पटक हो । यसभन्दा पहिले गत असारमा पनि नदीमा पानीको बहाब ८.४ क्युसेक पुगेको थियो ।

बाढी मापन केन्द्रका अनुसार ३.५ क्युसेक बहाब हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ । त्यसैगरी नदीमा पानीको बहाब बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल र प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर