थप १८०१ जनामा संक्रमण पुष्टि, १६६७ जनाले जिते कोरोना — OSNepal

थप १८०१ जनामा संक्रमण पुष्टि, १६६७ जनाले जिते कोरोना

LC (KTM) July 18, 2021 0

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । त्यस्तै अहिले सम्म ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

त्यस्तै यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४।७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर