अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै भीम रावलले दिए सांसद पदबाट राजीनामा — OSNepal

अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै भीम रावलले दिए सांसद पदबाट राजीनामा

LC (KTM) July 18, 2021 0

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमनत्री भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।

पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक समेत रहेका नेता रावलले शीर्ष नेताहरुको अपरिपक्व निर्णय र अनैतिक राजनीतिक खेल भएको भन्दै राजीनामा दिएका हुन् । नेता रावल २०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

राजीनामा दिँदै गर्दा नेता रावलले भने ुम यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दिन लागेको हुँ । संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका उनी केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक थिए । नेता रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाटै राजीनामा दिएको स्रोतको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर