काठमाडौं, ३ असार । आईसीसी विश्वकप छनोट खेलमा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो । नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोड्दा आसिफ शेखले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका थिए ।
यस्तै कुशल मल्लले ४२ बलमा २ चौकाको मद्दतमा ४१ रन र कप्तान रोहित पौडेलले २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन जोडेका थिए । आरिफ शेखले १०, गुल्सन झाले १३ जोडेका हुन् ।
अब केहीबेरमा जिम्बाबेले जवाफी ब्याटिङ गर्नेछ ।