दिल्लीको एपोलो अस्पताबाट देउवालाई विश्वासको मत दिन झलनाथको अपिल — OSNepal

दिल्लीको एपोलो अस्पताबाट देउवालाई विश्वासको मत दिन झलनाथको अपिल

LC (KTM) July 18, 2021 0

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले अस्पतालबाटैएक वक्तव्य जारी गर्दैदेउवालाई विश्वासको मत दिन अपिल गरेका हुन् ।

खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् । गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताएका छन् । ‘ खनालले भने गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताएका छन् ।

‘५ वर्षको निम्ति निर्वाचित भएको प्रतिनिधि सभालाई असंवैधानिक रुपले गरिएको विघटनलाई बदर गरी फेरि पुनः स्थापित गरिएको छ । त्यसैले यो नेपालको संवैधानिक–राजनीतिक इतिहासमा एउटा ऐतिहासिक फैसला हो,’ । खनालले वक्तव्यमा आफ्नो स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर