काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भए लगत्तै देउवाले आज विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र संसदको चालु अधिवेशनमै विश्वासको मतसमेत लिनुपर्ने व्यवस्था अनुसार प्रधानमन्त्री देउवाले आज बस्ने पहिलोपटक प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
आज दुई चरणमा बस्ने बैठक अन्र्तगत पहिलो चरणमा आजको कार्यसूची हुनेछ भने दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज नै विश्वासको मत लिने प्रस्ताव कार्यव्यवस्था समितिको बैठकमा लाने बताइएको छ ।