कोरोनाले थला परेको अमेरिकामा मंकीपक्स भाइ रसको संक्रमण , अमेरिकी बैज्ञानिहरु चिन्तित — OSNepal

कोरोनाले थला परेको अमेरिकामा मंकीपक्स भाइ रसको संक्रमण , अमेरिकी बैज्ञानिहरु चिन्तित

LC (KTM) July 18, 2021 0

एजेन्सी- अमेरिकामा मंकीपक्स भाइ रसको संक्रमण देखा परेको छ । कोराना भाइ रसको महामारीका बीच मंकीपक्स भाइरस देखा परे पछि अमेरिकी बैज्ञानिहरु थप चिन्तित बनेका छन् । नाइजेरियाको भ्रमणबाट हालै टेक्सस फर्केका अमेरिकी नागरिकमा मंकीपक्स देखा परेको हो ।ती ब्यक्तिको शरीर भरी मासुको फोका अर्थात मुसाको लक्षण देखा परेपछि अनुसन्धान सुरु गरिएको बताइएको छ ।

अहिले उनको कन्ट्रयाक्ट ट्रेसिङमा पर्नेहरुको खोजी भइरहेको छ ।कोराना संक्रमित जनावरको सम्पर्कमा आएका ब्यक्तिमा सर्ने सो रोगले ग्रसित ती ब्यक्तिलाई अस्पताल भर्ना गरिएको छ । मंकीपक्सबाट संक्रमित ब्यक्तिको श्वासबाट नै अर्को ब्यक्तिमा यो रोग सर्ने गरेको प्रारम्भिक अनुसन्धानले बताएको छ । यसअघि यो रोग सन् १९७० मा पहिलो पटक कंगोमा फेला परेको थियो जसका कारण एक सय भन्दा बढी पिडीत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर