कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना, दुबै किड्नी फेल — OSNepal

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना, दुबै किड्नी फेल

LC (KTM) July 18, 2021 0

काठमाडौं- हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । दुबै किड्नी फेल भएपछि उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको बताइएको छ । केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । लगत्तै समस्या देखिएपछि उनलाइै पुन अस्पताल लगिएको बताइएको छ ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको बताइएको छ ।उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको बताइएको छ । कलाकार दीपाश्रीपल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् ।

जसमा उनले स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छन् । विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियालगायत अभिनय निर्देशन समेत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर