फ्रान्सेली स्ट्राइकर ओलिभर जिरौडले चेल्सी छोडे , इटालियन क्लब एसी मिलानमा अनुबन्धित — OSNepal

फ्रान्सेली स्ट्राइकर ओलिभर जिरौडले चेल्सी छोडे , इटालियन क्लब एसी मिलानमा अनुबन्धित

LC (KTM) July 17, 2021 0

फ्रान्सेली स्ट्राइकर ओलिभर जिरौडका फ्यानहरुलाई एकदमै बिशेष खबर रहेको छ । स्ट्राइकर ओलिभरलाई इटालियन क्लब एसी मिलानले अनुबन्धित गरेको छ । यस कुराको पुष्टि इटालियन क्लब एसी मिलान गरेको छ ।

उसले आज जिरौडलाई क्लबमा अनुबन्धित गरिएको जनाएको छ । उनलाई २ मिलियन युरोमा अनुबन्ध गरिएको हो । सिरी ए क्लब मिलानले इंग्लिस क्लब चेल्सीबाट उनलाई आफ्नो पोल्टामा ल्याउन सफल भएको हो । उनले एसी मिलान संग २ बर्षका लागि संझौता गरेका छन् ।

३४ वर्षीय स्ट्राइकरले चेल्सीमा रहँदा एकदमै महत्वपुर्ण योगदान दिएका थिए । उनले गत सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि समेत दिलाए । चेल्सीका लागि उनले युरोपा लिग र एफए कप समेत जितेका छन् । जिरौड सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए । चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर