कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु — OSNepal

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

LC (KTM) July 17, 2021 0

काठमाडौँ, २ साउन- पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा २ हजार १६४ जना सङ्क्रमण मुक्त भएका छन् ।

हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८८६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ हजार ३६२ सङ्क्रमण पुष्टि भएको छ । यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ को मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर