बलिउड अभिनेत्री कैट्रीना कैफ तथा खिलाडी स्टार अर्थात अक्षय कुमार फिल्मका लागि एक हिट जोडी साबित भईसकेको छ । यो अनस्क्रीन जोडिले वेलकम, नमस्ते लण्डन, सिंह इज किंग लगायतका धेरै फिल्ममा आफ्नो केमेष्ट्रिबाट धेरै ब्यक्तिको मन जितेका छन् ।
के तपाई लाई थाहा छ कैट्रीना कैफ आफ्नो रियल लाईफमा भने अक्षय कुमारलाई राखी बाँध्न चाहान्थीन् । करण जोहरको शो मा कैट्रीना कैफले यो कुराको खुलासा गरेकी थिईन् । तीस मार खानको सेटमा उनी सोचिरहेकी थिईन् उनलाई कोही किन राखी बाँध्न चाहादैन । यहिबेला अक्षय कुमार ढोका बाट भित्र आउँदै गरेको देखेर उनले अक्षय संग के तपाईलाई राखी बाँध्न सक्छु भन्दै सोधेकी थिईन् ।
उनले यसरी सोधे पछि के थप्पड चाहियो ? भन्दै कैट्रीना कैफलाई जवाफ फर्काएका थिए । कैट्रीना कैफका अनुसार अक्षयको लागि उनको मनमा धेरै सम्मान छ । साथै दुबै जना रियल लाईफमा एकदमै राम्रो साथी रहेका छन् । कामको कुरा गर्ने हो भने कैट्रीना कैफ अहिले अक्षय कुमारको साथमा आफ्नो आउनेवाला फिल्म सुर्यबंशीको रिलीजको प्रतिक्षामा रहेकी छिन् ।