खुशीको खबर : आज काठमाडौं उपत्यकामा ह्वात्तै घटे संक्रमित — OSNepal

खुशीको खबर : आज काठमाडौं उपत्यकामा ह्वात्तै घटे संक्रमित

LC (KTM) July 17, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १८ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जना रहेका छन् । हाल काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित रहेकोछ । त्यस्तै सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् । हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अबधीमा २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार ५२७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर