हिलोमा फसेको ट्र्याक्टर निकाल्दै गर्दा पहिरोले पुरियो एस्काभेटर, भित्र रहेका महेन्द्रले ज्यान गुमाए — OSNepal

हिलोमा फसेको ट्र्याक्टर निकाल्दै गर्दा पहिरोले पुरियो एस्काभेटर, भित्र रहेका महेन्द्रले ज्यान गुमाए

LC (KTM) July 17, 2021 0

पाल्पा, २ साउन – तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ । पहिराले पुरिएर मृ त्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् । पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

हिलोमा फसेको लु४त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए । पहिराले पुरिएर लु१क २४९६ नंका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताउनुभयो । बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु१क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिराबाट जोगिएका छन् ।

तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फसेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिराले पुरिएको सूचना अधिकारी त्वातीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर