काठमाडौँ– पूर्व सूचना तथा संचारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले बरिष्ठ नेता माधव नेपाललाई फुट्नेको हबिगत कहिल्यै राम्रो भएको भन्दै पार्टीबाट नअग्गिन सुझाव दिएका छन् ।
नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीबाट फुटेकाहरु देउवा, कमल थापा, मोहन बैद्य, बामदेव गौतमहरुको उदाहरण दिँदै यो अप्रिय कदम चाल्दा फाइदा नभएको उल्लेख गरेका छन् ।
उनले ‘चोइटिएका माओवादी’हरु मिल्ने तरखरमा रहेको भन्दै उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेकाले मिल्न सुझाव दिँदै भनेका छन् ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीती हो।कोही चोइटिएर पनि सकिँदैन।देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए ।
वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’ नेता बास्कोटाको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै