'द केरल स्टोरी' मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो — OSNepal

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो

LC (KTM) June 01, 2023 0

मुम्बई, १८ जेठ । फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाईरहेको छ । यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ।

तर, कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेरेका छन । जसकाकारण उनी भन्छन, म यो फिल्म हेर्न चाहन्न ।

शाहले भनेका छन् कि, ‘अफवाह’, भीड़का कारणले मात्र यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको हो । उनले यो पनि भनेका छन कि, ‘यो फिल्मले धेरै बढी कुराहरू रहेका छन् । त्यसैले म यो फिल्म हेर्न चाहान्न ।’

नसुरुद्दीन शाहले यस खाले प्रवृत्तिलाई जर्मनीको नाजीवादसँग जोडेका छन्। हिटलरको पालामा सरकार वा नेताहरूले फिल्म निर्मातालाई आफूमाथि फिल्म बनाउन लगाउने र सरकारले देशका जनताका लागि गरेको कामको प्रशंसा गर्ने गरेको उनी सम्झन्छन । जसकाकारण धेरै फिल्म मेकरहरु जर्मनी छोडेर हलिउड गएर त्यहाँ फिल्म बनाउने गर्थे । उनका अनुसार अहिले भारतमा पनि हिटलरकाे समयकालकाे याद गराउने गरी सिनेमाकाे काम सुरु भएकाे छ ।

अदा शर्मा स्टारर फिल्म  ‘द केरला स्टोरी’ कथा बलियो भएकाले रिलिज अघि नै चर्चामा आयो । रिलिज भएको केही साता बितिसक्दा पनि यो चलचित्रलाई लिएर विभिन्न किसिमका बहस जारी छ । तर, विवादका बाबजुद पनि यो फिल्मलाई दर्शकले रुचाइरहेका छन् ।

धेरैले यो फिल्मलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् तर अभिनेता कमल हसन र कोलकाताका फिल्ममेकर अनिक चौधरीले यसलाई ‘प्रोपगाण्डा फिल्म’ भनेका छन्, जसका कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर