यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई यातायात व्यवसायी महासङ्घको आग्रह — OSNepal

यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई यातायात व्यवसायी महासङ्घको आग्रह

LC (KTM) July 17, 2021 0

काठमाडौँ, २ साउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासङ्घका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेको थियो ।

भेटमा महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर