बलिउड नायक शाहरुख खानद्धारा पत्रकारलाई कुट्ने धम्की , धम्की दिएपछि शुटिंगबाटै शाहरुख यसरी भए गिरफ्तार — OSNepal

बलिउड नायक शाहरुख खानद्धारा पत्रकारलाई कुट्ने धम्की , धम्की दिएपछि शुटिंगबाटै शाहरुख यसरी भए गिरफ्तार

LC (KTM) July 17, 2021 0

बलिउडका सबैजसो कलाकारको जिन्दगीमा यस्ता धेरै हिस्साहरु छन् जुन उनीहरुका लागि स्मरणीय रहने गरेका छन् । आज हामी एकजना बलिउडका यस्ता हस्ति तथा सुपरस्टारको एउटा किस्साका बारेमा कुरा गर्दैछौ त्यो थाहा पाएर तपाईको होस् नै उड्नेछ । बलिउडमा रोमान्स किंगको उपनामले चिनीने शाहरुख खानको जिन्दगीको एउटा किस्सा जुन तपाईले अहिले सम्म सुन्नु नै भएको छैन ।

एकपटक यसरी जेल गएका थिए शाहरुख

शाहरुख खान भन्ने बित्तिकै रोमान्स, लभ भन्ने शब्द छुटाउनै मिल्दैन । उनी रियल लाईफमा अत्यन्तै कडा स्वभावका भए पनि सिनेमामा उनलाई लभर ब्वाईको रुपमा चिनिन्छ । उनले अमेरिकी टिभी होस्ट डेभिड लेटरम्यानको सोमा पुगेर अहिले सम्म कसैलाई नसुनाएको कुरा सुनाएका छन् ।

उनी आफु एकपटक जेल गएको कुरा उक्त सो मार्फत बाहिर ल्याएका छन् । उनले आफैले यो प्रसंग ननिकाले पनि कार्यक्रमका होष्टले नै यो प्रसंग उक्काएका थिए । शाहरुख खानको माया मेमसाब फिल्मको प्रसंग यसमा जोडिएको छ । यस फिल्मका निर्देशक जस्की पत्नी नै यो फिल्मको नायिका थिईन् ।

उनी संगै जोडेर शाहरुखको बिषयमा एउटा म्यागजिनले नराम्रो खबर बाहिर ल्याए पछि शाहरुख एकदमै आक्रोशित भएका थिए । जुन म्यागजिनले , ‘निर्देशकले साहरुख र आफ्नी पत्नीलाई समझदारी बढाउन एकअर्कासँग रात बिताउने प्रस्ताव गरेका छन् ।’ भन्ने हेडलाईन सहितको समाचार बाहिर आएपछि शाहरुख रिसले चुर भएका थिए ।

उनले होष्ट संग कुरा गर्दै आफुलाई त्यतिबेला निकै रिस उठेको र म्यागजिनमा तुरुन्त फोन गरेको बताए । उनले फोन गर्दा म्यागजिनकाले यो एउटा रमाईलो मात्र भएको प्रतिक्रिया दिएका थिए । शाहरुखले त्यतिमा मात्र चित्त नबुझेर पत्रिकाको अफिसमै पुगेका थिए । उनले पत्रिकाको अफिसमै पुगेर पत्रकारलाई थर्काएनन् मात्र धम्की नै दिएका थिए । उनले पत्रकारलाई पिट्ने धम्की दिएका थिए ।

त्यसपछि उनलाई पक्राउ गरेर जेलमा लगिएको थियो । उनी फिल्मको शुटिंगमा ब्यस्त भईरहेको बेला प्रहरीले आएर समातेर लगेको थियो । उनलाई पत्रकार कुट्ने धम्की दिएको भनेर लगेर जेलमा हालिएको थियो । उनले होष्ट संग यो पनि बताएका थिए कि उनलाई हालिएको जेल एकदमै दुर्गन्धित थियो । यो घटना सन् १९९२ को रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर