फिल्म उद्योगमा फिसलाई लिएर कैयौ अभिनेत्रीहरु बीच भेदभाव गर्ने गरिएको छ । खास गरी यस्तो भेदभाव महिलालाई लिएर ौ हुने गरेको छ । द फैमिली म्यान की अभिनेत्री प्रियामणिले हाल यस बिषयमा खुलेर कुरा राखेकी छिन् । प्रियामणीका अनुसार यदि कोही महिला आफ्नो फिस मागिरहेकी छिन् भने यसका लागि उनी त्यो फिसका लागि डिर्जभ गर्छिन् ।
प्रियामणीले करीना कपुर खानको बिषयमा भईरहेको बिबादका बारेमा पनि खुलेर बोलेकी छिन् । करीना कपुरले रामायणका लागि १२ करोडको डिमाण्ड गरेकी थिईन् । यो फिल्ममा उनी सिताको भुमिकामा देखिने भएकी थिईन् ।
प्रियामणीले यस्तो गरिन् कुरा
पछिल्लो महिना ट्वीटरमा पब्लिकले करीना कपुर खानले सीताको भुमीकाका लागि फिस बढाएर मागेको र अभिनेत्रीले कैयौ ब्यक्तिको धार्मिक भावनामा चोट पुगेको बताउँदै आएका छन् । यहि बिषयमा प्रियामणीले भनिन्– फीसलाई लिएर उद्योगमा हुनेगरेको भेदभावका लागि म भन्छु कि यदि कोही महिला केही माग गरिरहेको छ र जसको लागि उ योग्य छ भने यो उनको मार्केट थिंग हो । मलाई लाग्छ फिस माग्नु कुनै गलत कुरा होईन् ।