प्रदेश १ मा ह्वात्तै बढ्यो कोरोना, ८३९ जनामा कोरोना देखियो , मोरंगमा मात्रै ३३० जना संक्रमित भेटिए — OSNepal

प्रदेश १ मा ह्वात्तै बढ्यो कोरोना, ८३९ जनामा कोरोना देखियो , मोरंगमा मात्रै ३३० जना संक्रमित भेटिए

LC (KTM) July 16, 2021 0

प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२१, सुन्दरहरैचामा ६३, उर्लाबारीमा ४२, बेलबारीमा ३३, लेटाङमा १८, पथरीशनिश्चरेमा १४, बुढीगंगामा ९, रंगेली र कानेपोखरीमा ५–५, रतुवामाई र कटहरीमा ४–४, जहदा, सुनबर्षी, ग्रामथान र मिक्लाजुङमा २–२, केराबारीमा १, स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा १७७, धरानमा ७२, बराहक्षेत्रमा १४, इनरुवामा ७, रामधुनीमा ८, बर्जुमा ५, दुहवी र भोक्राहानरसिंहमा ४–४, गढीमा २, देवानगञ्ज र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ११ जनामा कोरोना देखिएको छ ।

झापाको दमकमा ३१, विर्तामोडमा २४, कनकाई र भद्रपुरमा ११–११, अर्जुनधारामा ९, मेचीनगर र शिवसताक्षीमा ६–६, बुद्धशान्ति र गौरादहमा ४–४, कमल गाउँपालिकामा २, हल्दिबारी, कचनकवल,गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र ताप्लीमा ४–४, बेलका र स्थानीय तह नखुलेका ३–३, कटारी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, महालक्ष्मीमा ४, साँघुरीगढीमा १ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम नगरपालिकामा ३, रोङ र सुर्योदयमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पौवादुङ्मा, टेम्केमैयुङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, चिचिला र चैनपुरमा १–१, ते¥हथुमको फेदाप र लालीगुराँसमा १–१ र स्थानीय तह नखुलेका २ जनामा कोरोना देखियो ।

पाँचथरको कुम्बायक, याङवरक र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा १, ओखलढुङ्गामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ७७६ पुगेको छ । संक्रमित भएका मध्ये ७० हजार ४३० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९११ जना रहेको छ । आज ३६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३८४ महिला र ४५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर