काठमाडौँ । निर्वतमान प्रम ओलीले राज्यको प्रमको अफिसियल ट्विटर अकाउन्न्ट हेन्ड ओभर नगरी नाम परिवर्तन गरेका छन् । हाल प्रयोगमा रहेको ६ लाख ४७ हजार फलोअर्स रहेको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउण्ट @ PM_Nepal लाई अहिले @PM_nepal_KPoli नाममा कायम गरेर चलाएको पाइएको छ ।
माधव नेपाल समुहको सहयोगमा ओलीले सत्ताच्युत हुनु परेपछि आकस्मिक सत्ता छाडेर निजि निवासमा सर्नु पर्दाको पिडामा डुबेका ओली यतिबेला नेपाल पक्ष र शेरबहादुर देउवा र प्रचण्डसँग बदला लिन ब्यस्त रहेका बेला उनले अहिलेसम्म प्रधानमन्त्रीको आधिकारिक ट्विटर अकाउन्न्ट हेन्ड ओभर गर्नुको सट्टा यसरी दुरुपयोग गर्दा राज्यको नाम जोडीने हुँदा यो विषय विचार विचारणीय छ ।
संसारका नेपाली शुभ चिंतक , मित्र, अंतरष्ट्रिय समुदाय, मीडियाले @PM_Nepal लाई फलो गरेको नेपाल र नेपाली प्रमलाई हो खड़क प्र ओलीलाई पक्कै हैन । राज्यका परम्परागत भौतिक सम्पत्ति चोरीका घटना त सुनिएको हो यो इलेक्ट्रोनिक सम्पत्ति , फ्यान फलोअर पनि चोरीको नमुना हुन सक्ला ।