काठमाडौं -विवाहको नवौं वर्षगाँठ मनाउन महानायक राजेश हमाल पत्नी मधु सहित बुढानीलकण्ठ पुगेका छन् ।उनीहरु एनिभर्सरी मनाउन बुढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा पुगेका हुन् ।
उनीहरुले आफ्नै शैलीमा विवाहको नवौं वर्षगाँठ सेलिब्रेसन गर्दैछन् । उनीहरु केही सहयोगीसहित बुधबार बेलुकादेखि नै त्यहाँ रहेको बताइएको छ । अघिल्ला एनिभर्सरी मनाउन हमाल मधुलाई लिएर पोखरा जाने गरेका थिए ।
हमाललाई बेबी प्लान गर्न परिवार र आफन्तले दबाब दिएको बताइएको छ । हमाल र मधु भट्टराईले २०७१ साल वैशाख १० गते होटल अन्नपूर्णमा विवाह गरेका थिए ।