काठमाडौं – कलाकार दीपकराज गिरीले आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका(१ को दहचोकस्थित झिंगटी घर टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माण गर्ने भएका छन् । म्पदा संरक्षण र पर्यटन, अर्कोतिर फिल्म छायांकन गर्ने उद्देश्यले उनले नमुना गाउँ बनाउन कस्सिएका हुन् ।
यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहेकाले प िनी यस तर्फ केन्द्रित भएको बताइएको छ । यहि उद्देश्यले बिहीबार दीपकले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई भेट गरेका छन् ।
स्थानीयसँग मिलेर दीपकले नमुना गाउँ निर्माणको योजना अघि सारेका छन् ।यस्तो घर बनाउनेलाई नगरपालिकाले छानासहितका सहुलियत देओस् भन्ने उनको माग छ । यस्तो भौतिक पूर्वाधार तयार पार्न ५(७ करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ । ‘छक्कापञ्जा ४’पछि दीपक भदौदेखि अर्को फिल्मको छायांकनमा जाँदैछन् ।