यस्ता छन् अदुवाका अपत्यारीला फाइदै फाइदा — OSNepal

यस्ता छन् अदुवाका अपत्यारीला फाइदै फाइदा

LC (KTM) July 16, 2021 0

अदुवामा पाइने जिंगीवारिन र विसावोलिन रासायनिक तत्वले मुटु एवं रक्तनलीमा जम्मा भएको बोसोयुक्त तत्वलाई ९कोलेस्ट्रोल० पगाल्न मद्दत गर्छ । अदुवाले रक्तसञ्चार क्रियालाई व्यवस्थित राख्छ । उल्टी रोक्ने, गाडीमा चढ्दा हुने रिँगटा लाग्ने र खाद्य विषाक्तबाट हुने असर कम गराउन प्रभावकारी मानिएको छ ।

आयुर्वेद चिकित्सामा श्वासप्रश्वास एवं जोर्नीसम्बन्धी रोगमा प्रयोग गरिने औषधिका साथमा अदुवाको रस प्रयोग गर्ने सल्लाह दिइन्छ । अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक सेवन गर्दा जोर्नी, श्वासप्रश्वास एवं पाचन अंगको समस्या कम हुन्छ । अदुवा मुटुरोगीले धेरै प्रयोग गर्नुहुँदैन । साथै, पित्तथैली एवं मिर्गौलाको पत्थरी भएमा प्रयोग गर्ने सल्लाह दिइँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर