कलंकीबाट २ वर्षीया छोरालाई साथमा लिई बुटवल जान लागेकी महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ — OSNepal

कलंकीबाट २ वर्षीया छोरालाई साथमा लिई बुटवल जान लागेकी महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ

LC (KTM) July 16, 2021 0

काठमाडौँ १ साउन । १९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका २१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका ६ बस्ने २५ वर्षीय शिववालक महत्तो रहेका छन् ।

गत असार २७ गते काठमाडौंको कलंकीबाट विहान बुटवल जाने भनि २ वर्षीय छोरा सहित ना.५ ख २८७० नम्बरको ट्रकमा गएकी महिलालाई सोही ट्रकका चालक सुनिलले चितवन रामनगरसम्म ल्याई जबरजस्ती करणी गरी असार २९ गते दिउँसो पुन ना.६ ख ३३६९ नम्बरको ट्रकमा चढाइ पठाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उक्त उक्त ना.६ ख ३३६९ नम्बरको ट्रकका चालक शिववालकले पनि वुटवल जाने भनि वीरगंजतर्फ लगि सोही ट्रकका सहचालक र अर्को एक व्यक्ति समेतले पटक–पटक जबरजस्ती करणी गरी असार ३० गते वीरगंज महानगरपालिका १७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी छोडेको अवस्थामा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीले उद्दार गरेको हो ।

घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर