एजेन्सी । दक्षिण भारतीय अभिनेता शरत बाबुको ७१ वर्षको उमेरमा निधन भएको छ । सोमबार शरतका परिवारले उनको निधन भएको बताएका हुन् । २२० भन्दा बढी फिल्ममा अभिनय गरेका उनलाई केही समय पहिले हैदराबादको एक अस्पतालको भेन्टिलेटरमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । स्वास्थ्य बिग्रिएपछि उनलाई पहिले बेंगलुरुको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई हैदराबादको एआईजी अस्पतालमा भर्ना गरिएको थियो ।
सन् १९७३ मा तेलुगु फिल्म ‘राजा राजयम’ बाट डेब्यू गरेका उनले आफ्नो करियरमा तेलुगु, तमिल, मलयालम र कन्नड सबै फिल्महरूमा काम गरिसकेका छन् ।