२ साता अघि भरतपुरबाट हराएकी विना नारायणी नदीतर्फ गइरहेको भिडियो भेटियो — OSNepal

२ साता अघि भरतपुरबाट हराएकी विना नारायणी नदीतर्फ गइरहेको भिडियो भेटियो

LC (KTM) July 16, 2021 0

काठमाडौँ । असार १४ देखि घरबाट निस्किएकी नवलपुरको गैंडाकोटकी बिनाको अहिलेसम्म केही सम्र्पक हुन सकेको छैन । भरतपुरबाट हराएकी बिना सापकोटाको नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडिओ भेटिएको छ ।

घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी विना सापकोटा सोही दिन कता गइन् भन्ने सबैलाई जिज्ञासा बढीरहेका बेला उनको पछिल्लो फुटेजमा नारायणी किनारतर्फ गइरहेको दृश्य देखिएको छ । प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा विना कैद भएको दृश्य देखिएसँगै प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

असार १४ गते राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको हो । विनाको मोबाइल सेट भने प्रहरीले प्रवेशको साथमा फुटेको अवस्थामा फेला पारेको थियो । प्रहरीले नारायणगढ बजार क्षेत्रमा रहेका क्यामरामा खोजी गर्दा फेला परेको यो दृश्य देखिए लगत्तै प्रहरी र आफन्तले त्यस आसपासमा विनाको खोजी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर