एजेन्सी-साउथका सुपरस्टारअल्लू अर्जुनले आफ्नी ४ वर्षे छोरीलाई फिल्ममा डेब्यु गराउने भएका छन् । भारतिय मिडियाका अनुसार उनी चार वर्षकी छोरी अल्लू अरहाले पनि अभिनयमा डेब्यू गर्न लागेकी हुन् । अभिनेत्री सामन्था अक्किनेनीको मुख्य भूमिका रहने फिल्म ‘शकुन्तलम’ मा अल्लू अर्जुनको छोरीले अभिनय गर्न लागेको भारतिय मिडियाले जनाएका छन् ।
उनी स्वयंले सोसल मिडियाबाट छोरीले फिल्ममा डेब्यू गर्न लागेको जानकारी दिएका हुन् । चौथो पीढीले फिल्ममा आफ्नो सुरुवात गर्न लागेकोमा उनले खुसी व्यक्त गरेका छन् । यस अघि अल्लू अर्जुनको परिवारको तीन पीढी पहिलादेखि नै साउथ फिल्ममा आबद्ध छ । उनका हजुरबुबा, बुबा र अल्लू अर्जुन स्वयं फिल्मसँग जोडिएका छन् । अरहा फिल्ममा सामन्थासँग देखिनेछिन् ।