आज पनि ठूलो पानी पर्ने सम्भाबना, सर्तक रहन महाशाखाको आग्रह — OSNepal

आज पनि ठूलो पानी पर्ने सम्भाबना, सर्तक रहन महाशाखाको आग्रह

LC (KTM) July 16, 2021 0

काठमाण्डा – आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भबना रहेको छ ।

अहिले र सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको पानी परिरहेको छ । दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै भोलि लुम्बिनी, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश १ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने आज र भोलि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर