मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल — OSNepal

मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल

LC (KTM) July 16, 2021 0

मेषः– अपरान्ह पूर्व कामले गति लिने देखिन्न । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ । साँझपख केहि काम हुनेछन् । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको बोलीमा मात्रै विश्वास नगर्नु होला ।

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर गुम्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले
कम साथ दिनेछ । काममा रोकावट आउने संकेत देखिने छन्र । साँझपख खर्चमा वृद्धि हुनेछ । सोझै अरुको विश्वास गरेर काम नगर्नु होला हानी हुनेछ ।

मिथुनः– आजको ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले अपरान्ह पूर्व बढि ठीक देखिन्छ । सहज तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । आपरान्ह आय आर्जनका हिसावले राम्रो रहला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कटः– रिस,डाहा गर्ने आफै किनारा लाग्ने छन् । गतिरोध हट्नेछ । पूर्वान्हमा गरेका काम भन्दा अपरान्हबाट शुरु गरेका काम बढि सफल हुनेछन् । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी गर्दा विशेष ध्यान दिनु होला । पठन पाठनमा सामन्य प्रगति हुनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ ।

सिंहः– कुलत र गलत संस्कार भएका व्यक्तिको फन्दामा पर्न सकिन्छ सतर्क रहनु होला । नोक्सानका काम बढि हुनेछन् । चिन्ताले छोड्ने छैन । आफन्त प्रतिको आस्था र विश्वास घट्नेछ । व्यापार व्यवसायबाट लगानी गरे अनुसारको उपलब्धि हात लाग्ने छैन । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । तनावमा थोरै कमि आउनेछ ।

कन्याः–पूर्वाद्ध थोरै अनुकुल देखिन्छ गरेका केहि काम सफल हुनेछन् । उत्तराद्र्ध प्रतिकुल बन्नेछ । काममा विलम्ब गर्नु भयो भने उपलब्धिका अवसर गुम्नेछन् । विश्वास र भरोसा टुट्नेछ । अन्तिम चरणमा पुगेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । स्वस्थ्यमा समस्या आउनेछ । चिन्ता बढ्नेछ ।

तुलाः– दिन सामान्यतया अनुकुल नै देखिन्छ । विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कने छ । गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ,आम्दानी बढ्नेछ । पढाईमा प्रगति हुनेछ ।

वृश्चिकः– काम गर्दा दुविधामा नपर्नु होला । दृढ विश्वासका साथ अगाडि बढ्नु होला गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । हृदयबाट सहयोग गर्ने कम हुनेछन् । विरोधीको संख्या बढ्नेछ । साना,साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

धनुः– समयले खासै साथ दिने देखिन्न । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक संरचनालाई नचलाउनु होला क्षय हुनसक्छ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । भ्रममा परिनेछ ।

मकरः– अपरान्ह पूर्व गरेका धेरै जसो काम सफल हुनेछन् । त्यसैले समयको महत्व वुझेर समयमा काम सम्पन्न गर्नु होला । अपरान्हबाट समयले कम साथ दिनेछ । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिनाई हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्च विवाद बढ्न सक्छ । चिन्ता बढ्नेछ ।

कुम्भः– दिनको अधिकाँश समय मध्यम देखिन्छ । उपलब्धिका काम कम हुनेछन् । ऋण लगानी गर्दा एकपटक सोचेर गर्नु होला । अपरान्हबाट समय थोरै अनुकुल हुनेछ । पढाईमा ध्यान जानेछ । लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अरुको भर नपर्नु होला,आफन्तबाट अल्प सहयोग मिल्नेछ ।

मिनः– समयमा गरेका अधिकाँश काम सफल हुनेछन्,ढिला सुस्ति गरेमा उपलब्धि शून्य त हुने छैन तर कम हात लाग्नेछ । ढिला गर्दा कार्य सम्पन्न गर्न धेरै मेहनत गर्नु पर्नेछ । सहयोगी घट्ने छन् । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । अरुको कुरामा विश्वास गर्दा घाटा हुनेछ । व्यापार व्यवसायबाट कम आम्दानी हुनेछ ।

(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )। नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर