काठमाडौं । पाँच दिनअघि सार्वजनिक भएको बलिउड नायिका करिना कपुरको पुस्तक ‘प्रेग्नेन्सी बाइबल’ विवादमा परेको छ।
पुस्तकको नाममा बाइबल जोडिएकाले क्रिश्चियन धर्मावलम्बीले यसको बिरोध गरेका हुन् । पुस्तकको पछाडि बाइबल राखेकै कारण यो विवादमा आएको हो। महाराष्ट्र बीड शहरमा अवस्थित ओमेगा क्रिश्चियन महासंघले पुस्तकविरुद्ध प्रहरीमा उजुरी समेत दिएको छ ।
महासंघका अध्यक्ष आशिष सिन्देले करिनासहित अन्य २ जना व्यक्तिविरुद्ध धार्मिक भावनामा आहात पारेको भन्दै उजुरी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, यसको खण्डन गर्दै करिनाले भने प्रेग्नेन्सी र गर्भावस्था बाइबल भएको बताएकी छन्। उनले भनेकी छन्, ‘यो मेरो बाइबल हो, यात्रा हो ।
केही राम्रा दिन र केही खराब दिन आए यी अवधिमा ।’ उनले भनेकी छन्, ‘गर्भवती भएको छोटो समयमा नै काममा जान आतुर थिएँ तर त्यो समयमा म आफ्नो ओछ्यानबाट उठ्न समेत सकेकी थिइनँ ।’सौर्य दैनिकमा खबर छ ।
करिनाले प्रेग्नेन्सी बाइबल नामको पुस्तकले गर्भावस्थामा शारीरिक र मानसिक भावनाको उजागर गरेको बताएकी छन् । उनले पुस्तक सार्वजनिक गर्दा यसलाई तेस्रो सन्तान जन्माएको बताएकी थिइन् ।