फोनमा कुरा गर्दै हिँड्नेको मोबाइल लुटेर भाग्ने तीन जना बीस वटा मोबाइलसहित समातिए — OSNepal

फोनमा कुरा गर्दै हिँड्नेको मोबाइल लुटेर भाग्ने तीन जना बीस वटा मोबाइलसहित समातिए

LC (KTM) July 15, 2021 0

काठमाडौँ, ३१ असार – नेपाल प्रहरीले चोरीका २० मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले चोरीका २० मोबाइलसहित बारा निजगढका २२ वर्षीय विरस मगर, १८ वर्षीय समीर तामाङ र खोटाङ बतासेका १९ वर्षीय भीम राईलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेश बस्नेतले मोटरसाइकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोबाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेको मोबाइल लुटेर भाग्ने गरेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग २० थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर